|

बाँके : सडक दुर्घटनामा परी बिहीबार बाँकेमा नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक बम बहादुर गुरुङका मृत्यु भएको छ। कोहलपुरबाट नेपालगन्ज आउँदै गरेको भे १ ज ६२३ नं. को म्याजिक भ्यानको ठक्करबाट घाइते भएका मोटरसाइकल गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालगन्जबाट कोहलपुर जाँदै गरेको गुरुङ सवार भे ४ प ३२८१ नं. को मोटरसाइकललाई भवानीपुर चोकमा म्याजिक भ्यानले ठक्कर दिएको थियो।  उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

घटनालगत्तै म्याजिक चालक सुर्खेत सहारे गाविस–४ का सञ्जिक कामी फरार भएका छन्। उनको खोजतलास भैरहेको प्रहरीले जनाएको छ। गुरुङको शव पोष्टमार्टमपछि परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको सूचनामा उल्लेख छ।

यसैबीच, पूर्व–पश्चिम राजमार्गको कचनापुरमा बस र ट्रक एकआपसमा जुध्दा ४ जना घाइते भएका छन्। पूर्वबाट नेपालगन्ज आउँदै गरेको ना ५ ख ५७७१ नं. बस र विपरित दिशातर्फ गइरहेको ना ५ ख ९२२४ नं. को ट्रक एक आपसमा जुध्दा चालकसहित ४ जना घाइते भएका हुन्।

दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिका–५, बसपार्कका २० वर्षीय बस चालक सन्तोष जिएम, नेपालगन्ज घरबारी टोलका २२ वर्षीय बसका मालिक कृष्ण अर्याल, दाङ्ग सिसनिया गाविस–९ का ३६ वर्षीय ट्रक चालक गोपाल चौधरी र  सहचालक बर्दिया बाँसगढी नगरपालिका–८ का १८ वर्षीय अरुण चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.