|

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रभित्रका अत्यावश्यक बाहेकका सबै पसलहरू बन्द गर्ने निर्णय गरेको छ।

सोमबार विहान नगरपालिकामा नगरप्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन यस्तो निर्णय गरेको हो। 

बैठकले चैत्र ११ गते विहानदेखी चैत्र २१ गतेसम्म अत्यावश्यक बस्तुहरू औषधी, खाद्यान्न, तरकारी, फलफुल, दुध, इन्धन बाहेकका सबै पसलहरू बन्द गर्ने निर्णय गरेको छ। कमलामाई नगरपालिकाका हरेक स्वास्थ्य चौकीमा 'हेल्थ-डेक्स' स्थापना गरी चेक जाँचलाई तिव्रता दिने, यातायातको साधन जिल्ला भित्र मात्र सञ्चालन गर्ने, बाहिरी जिल्लाको आवगमनमा रोक लगाउने, नगरक्षेत्रभित्र क्वारेन्टाईन बनाउने लगाएतका निर्णय गरेको छ। 

बैठकमा होटल व्यवसायी संघ सिन्धुलीका अध्यक्ष अमृत श्रेष्ठले आवश्यक परेको बेला जिल्ल्लाका सबै होटलहरूलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न उपलब्ध गराउने बताए। उनका अनुसार जिल्लाका होटलहरूमा ६ सय एटेज सहितको कोठाहरू रहेको छ। 

बैठकमा भारतको विहारबाट कमलामाई नगरपालिकामा अहिले पनि भारतीय नागरिकहरू जिल्लामा देखिएकाले उनीहरूलाई भारत जान आग्रह गर्ने वा घरमै क्वारेन्टाईनमा बस्न लगाउने भन्ने निर्णय गरेको छ। 

संक्रमित एक व्यक्ति मात्रै प्रवेश गरे जिल्लाले नै ठूलो क्षति ब्यहो्र्नुपर्ने भन्दै पूर्वतयारी स्वरुप भारतका विभिन्न स्थानबाट जिल्लामा मानिसको आउने क्रमलाई रोक्नुपर्नेमा समेत जोड दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.