|
फाइल फोटो

काठमाडौं : विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपाली युवतीमा देखिएपछि समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारका सुझाबहरू सबैले पालना गर्नुपर्ने बताएका छन्। 

उनले ट्वीट गर्दै लेखेका छन् संकटको बेला नेतृत्वको परीक्षण हुनेसमेत बताएका छन्। उनले भनेका छन्, ‘जे नहोस् भन्ने कामना थियो,भयो ! नआत्तिऊँ ! डब्लु एचओ र सरकारले दिएका निर्देशन र सुझावहरू अक्षरश: पालना गरौं।’

भट्टराईले संकटको बेला कोही पनि आरोप प्रत्यारोपमा नलागी सहकार्य गर्न पनि आग्रह गरेका छन्। ‘आरोप प्रत्यारोप हैन सहकार्य गरौं,’ उनले लेखेका छन्, ‘चिकित्सक र स्वास्थ्यकर्मीहरूको मनोवल बढाऊँ! सबैतिर स्वास्थ्य परीक्षणको मात्रा बढाऊँ संकटको बेलामा नै नेतृत्वको परीक्षण हुन्छ भन्‍ने स्मरण गरौँ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.