|

डडेलधुरा : कैलालीको धनगढी रंगशालामा ५० बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ। नेपाली सेनाको सहायतमा सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालामा आइसोलेसन कक्ष स्थापना गरेको हो। स्थापना गरिएका आइसोलेन कक्षमा भारतबाट आएका तथा प्रदेशभरिका संक्रमितलाई राखिने सुदूरपश्चिमका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।

‘अब यहाँसहित प्रदेशभरि ७ सय ५० वटा आइसोलेसन कक्ष स्थापना भइसकेका छन्’, उनले भने, ‘भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न सकिँदैन, त्यसैले संक्रमितलाई मात्रै धनगढीको आइसोलेसनमा राखिनेछ।’ प्रत्येक जिल्ला अस्पतालमा ५ बेड तथा प्रदेशरभरिका नेपाली सेनाका प्रत्येक गणमा ७÷७ वटा आइसोलेसन कक्षसमेत स्थापना भएको उनले जानकारी दिए।

सिन्धुलीमा पनि ५० बेडको क्‍वारेन्टाइन बनाइने 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिन्धुलीमा ५० बेडको क्वारेन्टाइन बनाइने भएको छ। शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारका लागि क्वारेन्टाइन बनाउन लागिएको जिल्लामा बसेको सरोकारवालाको बैठकले निर्णय गरेको हो। सोमबार दिउँसो कमलामाई नगरपालिकामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय सिन्धुली बसेको पुरानो भवन र भूसंरक्षणको भवनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको हो। 

नगरपालिका, जिल्ला अस्पताल सिन्धुली, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकाको संयुक्त सहयोगले यस्तो निर्णय गरेको नगर प्रमुख खड्न खत्रीले जानकारी दिए। 

क्वारेन्टाइनमा मापदण्ड अनुसारको आवश्यक सबै सामाग्री सबै निकायहरुले उपलब्ध गराउने सहमति भएको र मंगलबारबाटै (चैत ११) देखि नै प्रयोगमा आउने गरी तयारी सुरु गरिएको छ।  यसअघि सोमकार बिहान बसेको बैठकले कमलामाई नगरपालिकाले नगरक्षेत्रभित्रका अत्यावश्यक बाहेकका सबै पसलहरू बन्द गर्ने निर्णय गरेको थियो। जिल्लामा कोरोना भाइरस संक्रमण फैलिन नदिन पूर्वतयारीका गतविधि बढाइएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.