|

सल्यान : देवस्थल नाम्राका स्थानीयहरु पुल नहुँदा जोखिम मोलेर भरी नदि वारपार गर्दै आइरहेका छन्। झुलुंङ्गे पुल नहुँदा सल्यानका दुई गाविस तथा सुर्खेतका दुई गाविसका सर्वसाधारणहरुलाई आवतजावत गर्न समस्या छ।

सल्यान देवस्थल १ नाम्रा, बामे वडा नं. ६,७,८ र सुर्खेत राकम गाविसको बालिखोला, गजौडा, नाडा, आग्रीगाउँ लगायतका सर्वसाधारणहरु कम्मरमा चिन्नो बोकेर आवतजावत गर्दै आइरहेको सल्यान नाम्राका स्थानीय विरवल पोखरेलले जानकारी दिए। 

नजिक पुल नुहँदा २ घण्टा घुमेर सल्लीबजारमा पुग्नुुपर्ने बाध्यता रहेको उनले बताए। ‘पुलसम्म पुग्न दुई घण्टा लगाएर सल्लीबजार पुग्नु पर्छ फेरी सल्लीबाट दुई घण्टा लगाएर गन्तव्यमा पुग्दा ४ घण्टा हुन्छ त्योभन्दा पौडी खेल्न जान्नेले पौडी खेलेर वारीपारी गर्छन् नजान्नेले अरुको साहायताले कम्मरका चिन्नो बोकेर वारपार गर्ने गदर्छन्,’ उनले भने। 

हिउद यामको समयमाभन्दा वर्षायाम र गर्मीको समयमा भेरी नदी तरेर आवतजावत गर्न समस्या हुने पोखरेलको भनाइ छ। नाम्रामा एउटा काठको डुंगा भएपनि धेरै पुरानो भएकाले सामानमात्र ओसारपसार गर्ने गरेको उनले बताए।

निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले मत पाउनका लागि नाम्रामा पुल बनाइदिने आश्वासन दिने गरेका छन्। तर चुनाव जितेपछि राजनीतिक दलका प्रतिनिधि एकपटक पनि गाउँ फर्केर नआएको गुनासो स्थानीय गोपिलाल शर्माले गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.