|

काठमाडाैं : कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यहरुले पनि एक महिनाको तलब सहयोग गराउने भएका छन्। 

प्रधामन्त्री ओलीका सचिवालयका ६ जना सदस्यहरुले एक महिनाको र ३ जनाले आधा महिनाको तलब कोरोना कोषमा सहयोग गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यी हुन् एक महिनाको पारिश्रमिक सहयोग गर्नेहरु 

१) मुख्य सल्लाहकार - विष्णु रिमाल
२) विदेश मामिला सल्लाहकार - डा. राजन भट्टराई
३) प्रेस सल्लाहकार - सूर्य थापा
४) आर्थिक विकास मामिला सल्लाहकार ( लालशंकर घिमिरे
५) प्रमुख स्वकीय सचिव- इन्द्र भण्डारी
६) स्वकीय सचिव - राजेश बज्राचार्य

आधा महिनाको पारिश्रमिक उपलब्ध गराउनेहरु

१) विकास पूर्वाधार विज्ञ -  ई. गजेन्द्र थपलिया
२) संचार विज्ञ - रामशरण बजगाईं
३) स्वकीय सहसचिव - होमबहादुर थापा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.