|

काठमाडाैं : कोरोना भाइरसको असरबारे खाडी मुलुकमा रहेका राजदूत र नियोग प्रमुखहरूसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भिडियो कन्फरेन्स गरेका छन्।  
खाडी क्षेत्रमा कोरोना भाइरसको प्रभाव र असरबारे त्यहाँका सरकारले गरेका सुरक्षा अवलम्बन गरेका छन् भन्नेबारे जानकारी दिन नेपाली राजदूतहरूसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आज सोमबार जानकारी लिएका हुन्। 

भिडियो कन्फरेन्समा कतार, साउदी, ओमान, युएई, बहराइन, इजिप्ट, इजरायल, दक्षिण आफ्रिकाका कूटनीतिक नियोगका अधिकारीहरुलाई भिडियो कन्फरेन्समा सहभागी भएका थिए। कन्फरेन्समा त्यस क्षेत्रमा रहेका नेपालीहरुको अवस्था बारे पनि जानकारी लिइएको परराष्ट्रमन्त्री ज्ञावलीले जानकारी दिए। 

त्यस्तै राजदूत तथा नियोगका प्रमुखहरूलाई सम्बन्धित सरकार, रोजगारदाता र नेपाली समुदायसँग निरन्तर सम्पर्क, सहयोग र समन्वय गर्न पनि मन्त्री ज्ञवालीले निर्देशन दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.