|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले पनि केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका छन्। 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथामको लागि ५० करोडको कोष स्थापना गरेको थियो। 

विपद् पूर्व-तयारीस्वरूप सरकारी निर्णयमा समर्थन गर्दै सभामुख सापकोटाले एक महिनाको तलब दिने निर्णय गरेका हुन्। संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखामार्फत एक महिना बराबरको पारिश्रमीक रकम सरकारी राहत कोषमा जम्मा गर्न आग्रह गरेका छन्। 

साथै सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको अनुगमन समेत गरेका छन्। सिंहदरबारस्थित संसद सचिवालयमा तयार गरिएको आइसोलेसन वार्डको अनुुगमन गर्दै सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सरकारको कोरोना कोषमा एक महिनाको तलब उपलब्ध गराउने घोषणा गरिसकेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.