|

कालिकोट :  कुपोषणबाट प्रभावित २ सय २७ बालबालिकाका लागि जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जिल्लाका ८ ठाउँमा हेल्थ डेस्क राखेको छ। हेल्थ डेस्कमा आएका २ सय २७ बालबालिकालाई सफल उपचारपछि घर पठाएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ।

कालिकोटमा कुपोषण दर निकै रहेको कार्यालय प्रमुख डा. कौशल अलीले बताए। ‘जिल्लाका आठ स्थानमा आईएमई कार्यक्रमका उपचार केन्द्र सञ्चालन गरी शीघ्र कुपोषणबाट प्रभावित बालबालिकाको उपचार गरिएको थियो ,’ उनले भने,‘पछिल्लो तथ्याङंकले कालिकोट जिल्लामा शीघ्र कुपोषणका बालबालिकाको संख्या बढेको र कुपोषणका दृष्टिले अति प्रभावित ठाउँमा स्वास्थ्य विभागको प्रत्यक्ष निगरानीमा उपचार केन्द्र स्थापना गरी उपचार प्रक्रिया सुरु गरिएको थियो।’

जिल्लामा कुपोषण दर निकै बढी देखिएका कारणले जिल्लामा नै कुपोषणको उपचार केन्द्र स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत मैजर महोमद आलमले बताए। ‘पहिला मध्यपश्चिमको सुर्खेत र नेपालगन्जमा कुपोषण डेस्क स्थापना गरेर कुपोषित बालबालिकाको उपचार हुने गरेको थियो,’ उनले भने,‘जिल्लामा कुपोषणको दर निकै बढेपछि धौलागोह, स्युना, कुमालगाउँ, मेहलमडी, गेला, रकु, मान्म र राँचुली स्वास्थ्य चौकीमा हेल्थ डेक्स अर्थात उपचार केन्द्र स्थापना गरिएको छ।’

जिल्लाका अति प्रभावित गाविसमा गरिएको सर्वेक्षणको पुस मसान्तससम्म अति शिघ्र कुपोषित बालबालिकाको संख्या ५ सय ७३  जना रहेको रहेको देखाएको छ। जिल्लाभर ३ हजार ६ सय २५ बालबालिकालाई जाँच गरिएकोमा अति प्रभावित ५ सय ७३, मध्यम खालका ६ सय ८८ र सामान्य खालको कुपोषण २ हजार ३ सय ६४ बालबालिकामा देखिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ। कुपोषणका कारण जिल्लामा दुई बालबालिकाको मृत्यु भैसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.