|

लण्डन : 'नेचुरिस्ट क्लिनर्स' बेलायतकै चर्चित सरसफाइ तथा न्यूड क्लिनिङ सेवामूलक कम्पनी हो। यस कम्पनीले अहिले नग्‍न अवस्थामा घर सफा गर्ने महिलाहरुको खोजी गरिरहेको छ।

यस कम्पनीले माग गरेका महिलाहरुले जागिर पाउनका लागि नग्‍न भएर अरुको घर  सफा गर्नुपर्छ।' सरसफाइको समयमा महिलाहरुले चुप्पल र हातमा पन्जाबाहेक अरु केही लगाउन नपाउने कम्पनीले जनाएको छ। यस कम्पनीले प्रतिघण्टा ५७ अमेरिकी डलर पारिश्रमिक दिने बताएको छ। सबै उमेरका महिलाले जागिरका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।

'हामी त्यस्ता महिला नेचुरिस्ट क्लिनर्सको खोजीमा छौं जसले नग्न भएर निजी घरहरु सफा गर्न सक्छन्, कम्पनीको विज्ञापनमा भनिएको छ,' सबै किसिममा सफाइ जस्तै, बडार्ने, भ्याकुम लगाउने, बगैँचामा पानी हाल्ने, बेड सफा गर्ने, वासिङ मेसिन प्रयोग गर्ने, कपडा आइरन गर्ने र झ्याल सफा गर्ने काम यस जागिर अन्तर्गत पर्छन्।'

कम्पनीले यसरी जागिर गर्ने क्रममा महिलाहरुलाई 'कसैले छुन' नपाउने नियम रहेको जनाएको छ। त्यस्तै यी महिलाहरुले नग्‍न भएर काम गर्दा कसैले फोटो वा भिडियो खिच्‍न पाउनेछैन्।

२ वर्ष ६ महिनाअघि लण्डनमा यो कम्पनी खुलेको थियो। यस कम्पनीले बेलायतभर आफ्नो सेवा बिस्तार गर्न चाहेको छ। 'हामीले स्वान्सी र दक्षिण वेल्समा राम्रो प्रतिक्रिया पाएका छै,' यस कम्पनीका प्रवक्ताले द सनसँग भनेका छन्,' धेरै मानिसहरु हाम्रो कामबाट खुसी छन्।

कम्पनीकी संस्थापक लाउरा स्मिथका अनुसार यस कम्पनीको सेवा लिनेहरु पनि नग्‍न नै हुन्छन्। यस कम्पनीले ३ प्रकारका सेवा उपलब्ध गराउने गरेको छ। सफाइको समयमा ग्राहक नग्न हुने, सफाइको समयमा सफा गर्ने कर्मचारी नग्न हुने वा दुबै नग्‍न हुने। तर यस कामको यौनसँग कुनै सम्बन्ध नरहने स्मिथ बताउँछिन्,'यो सेवा नग्‍न रहन मन पराउने समूदायका लागि हो। हामी क्लिनिङ कम्पनी हौं। हाम्रो व्यापारमा यौनसँग सम्बन्धित त्यस्तो केही छैन्,' उनले भनेकी छिन्।

अब तपाईलाई लाग्न सक्छ त्यसो भए किन महिलाका लागि मात्रै विज्ञापन खुलाइयो। कम्पनीले भनेका छन्,'हाम्रोमा केही पूरुष कामदारहरु अहिल्यै काम गरिरहेका छन्। तत्कालका लागि हामीलाई महिलाको आवश्यकता परेको हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.