मिर्गौला कमजोर, निमोनियाको लक्षण पनि थियो

|

काठमाडौं : मंगलबार भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवा मिर्गौलाका बिरामी भएको अस्पतालले जनाएकव छ। 

मंगलबार विहान ९.३० बजे उपचारका क्रममा मृत्यु भएका वीरगञ्‍ज महानगरपालिका-२२ जगन्‍नाथपुरका ३० वर्षीय युवक सन्तोष यादवको कोरोनाकै कारण मृत्यु नभएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले प्रेस विज्ञप्ति निकालेर जानकारी दिएका छन्। 

अधिकारीका अनुसार उनी एक वर्षदेखि मिर्गौलाका बिरामी थिए। उनमा पछिल्लो समय निमोनियाको पनि लक्षण देखिएको थियो। प्रवक्ता अधिकारीले ती युवाको कोरोना जाँचका लागि नमुन संकलन गरेर मंगलबार मात्रै विमानबाट केन्द्रीय प्रयोगशालामा पठाइएको छ। 

तर उनको स्वास्थ्य रिपोर्ट आउन केही दिन लाग्न सक्छ। कोरोना परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकाले अहिले नै मृत्युको कारण एकीन गर्न नसकिने उनले बताएका छन्। वीरगञ्जका ३० वर्षीय ती युवकलाई चितवन मेडिकल कलेजबाट तकेही दिनअघि कोरोना विषेश अस्पतालमा पठाइएको थियो।

मिर्गौलाका बिरामी ती युवक एक वर्षदेखि चितवन मेडिकल कलेजमा फलोअपमा रहेको खुलेको छ। यसपटक ज्वरो र खोकी पनि देखिएपछि उनलाई मेडिकल कलेजले कोरोनाको लक्षण देखिएको भन्दै भरतपुर अस्पतालमा रिफर गरेको थियो। एक दिन भरतपुर अस्पतालको जनरल वार्डमा राखिएपछि सोमबार बेलुका कोराना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो। 

मृत्यु भएका युवकको कोरोना जाँचका लागि मंगलबार नै नमुना संकलन गरी काठमाडौं पठाइएको थियो। तर नमुना जाँचको रिपोर्ट आउनुअघि नै ती युवकको मृत्यु भएको हो। 

मृत्यु भएका युवकको शव अहिले अस्पतालमै छ। मृतक युवकका आफन्तलाई अस्पतालले निगरानीमा राखेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.