|

धरान : कोरोना भाइरस संक्रमित भएको पुष्टि भएकी युवतीसँर्ग एउटै प्लेनमा धरानका दुई जना आएको पत्ता लागेको छ। ती दुई जना उक्त युवतीसँग आएको पत्ता लागेपछि धरान उपमहानगरपालिकामा आकस्मिक बैठक बसेको छ।

सोमबार ती युवतीसँग एउटै प्लेनमा आएका धरान ६ र १६ का दुई व्यक्ति हरुलाई क्‍वारेनटाइनमा कसरी पठाउने भन्‍नेबारे उपमहानगरपालिकाको बैठकमा छलफल भइरहेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएका छन्। आकस्मिक बैठकमा लकडाउनलाई कसरी कार्यन्वयन गर्ने ? भोलि बुधबारदेखि धरानमा कोही पनि मानिस बाहिर हिँडडुल गर्न नदिनेबारे पनि छलफल भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.