|

काठमाडौं : नोभल कोरोना भाइरसको त्रास बढिरहेका बेला विभिन्‍न संघ संस्थाले बनाएका राहत कोषलाई सरकारले अवैध ठहर गरेको छ।

कोरोना रोकथाम उच्चस्तरीय समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले मिडिया हाउस तथा अन्य संघ संस्थाले बनाएका राहत कोषले रकम संकलन गर्न नपाउने निर्णय गरेको हो।

समितिका सदस्य तथा सञ्‍चारमन्त्री डा. युवराज खतिवडाले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका हुन्। 

'सरकारले नै राहत कोष बनाइसकेको सन्दर्भमा अरु सबै संस्थाले संकलन गरेको रकम सरकारी कोषमै जम्मा गरुन्', उनले भने, 'संघ संस्थाले बनाएका कोषमा आफू मातहतका व्यक्ति या कर्मचारीको मात्रै रकम जम्मा गर्न पाइनेछ। अरु सर्वसाधरणबाट रकम संकलन गर्न नपाउने व्यवस्था गरेका छौं।'

यसअघि स्थापना गरिएका राहत कोषको रकम दुरुपयोग भएको गुनासो आएपछि सरकारले राहत कोषका नाममा हुने विकृति रोक्न यस्तो कदम चालेको हो। कोरोना भाइरसको सम्भावित जोखिम कम गर्ने नाममा यो पटक पनि केही संघ संस्थाले राहत कोष खोलेर चन्दा उठाउन थालिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.