विश्व

भारतमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्‍या १० पुग्याे

मृतकमध्ये ७ जना मधुमेह र रक्तचापका बिरामी

चैत ११, २०७६

    एजेन्सी : भारतमा नोभल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ। महाराष्ट्रका ६३ वर्षीय एक वृद्धको कोभिड-१९ को संक्रमणका निधन भएको छ।

    ती वृद्धमा उनमा पहिलेदेखि नै रक्तचापको समस्या रहेको डाक्टरहरुले बताएका छन्। अहिलेसम्म भारतमा यसको संक्रमणबाट मृत्यु भएका १० जनामध्ये ७ जनामा मधुमेह र रक्तचापको समस्या रहेको चिकित्सकहरुले बताएका छन्। 

    ५० मुनिका एक जना 

    भारतमा यसको संक्रमणबाट ज्यान गुमाउनेमा ९ जना ५० वर्षभन्दा बढी उमेरका छन्। एकजना ३८ वर्षीय मिर्गौलाका बिरामीको भने बिहारको अस्पतालमा निधन भएको हो।

    पछिल्लो आठ दिनमा कोभिड-१९ को संक्रमणबाट भारतमा तीनजनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ती तीनै जनाको मुम्बईस्थित कस्तुरबा अस्पतालमा निधन भएको हो।

    यसैबीच भारतमा कोरोना भाइरस संक्रमणको संख्या ५ सयभन्दा बढी पुगेको बताइएको छ। कोरोना संक्रमण बढ्दै गएपछि भारतका कयौँ राज्यमा लकडाउन र कर्फ्यू जारी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]