|

कञ्‍चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकीमा अलपत्र रहेका ५ सय ४ जना नेपाली यात्रुको आज साँझसम्म उद्धार गरी घरसम्म पुग्‍ने व्यवस्था मिलाइएको छ।

भारतको विभिन्न ठाउँबाट आएका नेपाली यात्रुहरुको सीमा नाकामै अभिलेख राख्‍ने कार्य सँगै स्वास्थ्य परीक्षणपश्‍चात् बसमार्फत घरसम्म पुर्‍याउने कार्य भइरहेको छ। 
सीमाबाट भीमदत्तनगर बसपार्क पुर्‍याइएका यात्रुहरुलाई बसमार्फत घरसम्म पुर्‍याउने व्यवस्था गरिन लागिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रवीन्द्रनाथ पौडेलले बताए। 

गएरातिदेखि भारतका विभिन्न ठाउँबाट आएका यात्रु आज दिनभर सीमा क्षेत्रमै बसेका थिए। सीमा नाकाबाट उद्धार गरिएकाहरुको जिल्लागत विवरण संकलनको कार्यसमेत गरिएको छ। बसमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइन लागेका यात्रुलाई जिल्ला, नगरपालिका र गाउँपालिका बनाइएकाे क्‍वारेन्टाइनमा राखिने छ। संघीय सरकारको निर्देशनपछि सीमा क्षेत्रमा रहेका उनीहरूलाई नाका प्रवेश गर्न दिइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.