एजेन्सी : कोरोना भाइरसको महामारीका कारण आगामी जुलाईमा हुने ओलम्पिक एक वर्ष पछाडि धकेलिने भएको छ। जापानका प्रधानमन्त्री सिन्जो आबेले टोकियो ओलम्पिक २०२० पछि गर्नेगरी स्थगित गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाक्सँगको छलफलपछि आबेले ओलम्पिक एक वर्षपछि सार्ने सहमति भएको बताएका बिबिसीले जनाएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक ओलम्पिक कमिटीका सदस्य डिक पोन्डले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण टोकियो ओलम्पिक सन् २०२१ सम्म ओलम्पिक सर्न सक्ने यसअघि नै बताएका थिए। ओलम्पिक कमिटीले कुन मितिमा खेल गर्ने भन्नेबारे निर्णय चाडै गर्ने बताएको छ। अस्ट्रेलिया र क्यानाडाले जापानमा हुने ओलम्पिकमा सहभागी नहुने बताइसकेका छन्। जुलाई २४ देखि सुरु हुने ओलम्पिक खेल रोक्न पछिल्लो समय आयोजक राष्ट्र जापान र आइओसीमाथि दबाब बढ्दै गएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।