|

नवलपरासी : लकडाउनको अवज्ञा गर्दै पूर्वपश्चिम राजमार्गमा चलिरहेका ट्रकहरुले यात्रुहरु ओसारपसार गर्ने गरेको पाइएको छ। लकडाउनमा एकठाउबाट अर्को ठाउँमा जान नपाइने भए पनि अत्यावसेक वस्तुको ओसारपसार गर्ने बहानामा ट्रकहरुले ढालामा यात्रुहरु राखेर बाहिरबाट त्रिपालले छोपेर ओसारिरहेको पाइएको हो।

राजमार्गमा चल्ने साधनहरुलाई चेक जाँचमा कडाई नगर्दा ट्रकभित्रै यात्रुहरु राखेर ओसारपसार गर्ने क्रम बढेको छ । यसैबीच पूर्वतर्फबाट आइरहेको लु१क १३७१ नम्बरको ट्रकले बर्दघाटको टिसियन चोकमा केही यात्रु झारेर बाँकीलाई लिएर पश्चिमतर्फ गएको छ। ट्रक कहाँबाट कहाँ जाँदै थियो भन्‍ने खुल्न सकेको छैन। 

आम नागरिकलाई कसरी संक्रमणबाट बच्‍नेभन्दा पनि कसरी घरमा पुग्ने भन्ने चिन्ता बढ्दै जाँदा यस्तो समस्या देखिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.