|

जाजरकोट : किरिया पुत्रीदेखि विद्यार्थीसम्म नेपालगञ्जलगायतका शहरमा अलपत्र परेको भन्दै उद्धार गर्न माग गरिएको छ। 

पूर्व गृहमन्त्री जनार्दन शर्मा, पूर्व शान्ति तथा पुनर्निर्माणमन्त्री सत्य पहाडी र प्रदेशसभा सदस्य बीरबहादुर शाहीले तत्काल विद्यार्थी र किरियापुत्रीको उद्धार गर्न माग गरेका छन्। कोरोना भाइरस संक्रमणबाट जोगिन र जोगाउनका लागि भन्दै सरकारले मंगलबारदेखि लकडाउन गरेपछि किरियापुत्रीदेखि विद्यार्थीसम्म नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका थिए। जहाजको टिकट लिइसकेको अवस्थामा जहाज उडाउन प्रतिवन्ध लगाएपछि विद्यार्थी तथा किरियापुत्री अलपत्र परेका हुन्। 

कर्णाली प्रदेश सरकारले समस्यमा परे खवर गर्नु भने पनि अलपत्र परेकालाई उद्धार गर्न संघीय सरकारले अनुमति नदिँदा उद्धार गर्न नसकिएको प्रदेशसभा सदस्य बीरबहादुर शाहीले जानकारी दिए।

जाजरकोटका १५ जना, ठूलिभेरी नगरपालिका ७ का किरियापुत्री धर्मबहादुर खत्री, लक्षु खत्री, धनकुमारी खत्रीसहित ६ जना, ठुलिभेरी नगरपालिका ६ माँझपालका १२ जना विद्यार्थी, जगदुल्ला गाउँपालिका ५  का  ५ जना विद्यार्थी र चिसो छल्न आएका उपल्लो डोल्पाका १५ जना महिला नेपालगञ्जमा अलपत्र परेको प्रदेशसभा सदस्य शाहीले जानकारी दिए। 

गाडी तथा हवाई सेवा अवरुद्ध हुँदा आफूहरू समस्यमा परेको टेलिफोनमार्फत किरियापुत्री धर्मबहादुर खत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.