हुन्छ पीडा, बढ्छ तनाव, सताउँछ यादले
कसले भन्छ मायाप्रीति घटाउँछ यादले?
उज्यालोले मात्र देख्छ छायालाई साथी
दूर हुँदा कस्तो हुन्छ बताउँछ यादले
थाहा छैन मन जोड्ने नेटवर्क हुन्छ, हुन्न
हुन्छ भने प्रेम अझै बढाउँछ यादले
कहिले हाँस्छु, कहिले रुन्छु, कहिले केके गर्छु
लाग्छ, मलाई पक्कै पागल बनाउँछ यादले।
तपाईंको ईमेल गोप्य राखिनेछ ।