|

तनहुँ : कोरोना संक्रमित युवतीसँगै कतार एयरलायन्सको विमानमा आएका तनहुँका एकजना युवा होम क्वारेन्टाइनमा रहेका छन्।

फ्रान्सबाट कतार एयरलायन्समार्फत् आएकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण भएपछि उक्त विमानमा सवार युवाको खोजी गरिएको थियो। खोजी गर्ने क्रममा तनहुँको भिमाद नगरपालिका २ का युवा भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। उनका अनुसार ती युवा हाल तनहुँ नभई पोखरा बसोबास गर्दै आएका छन्। ती युवा जोर्डनबाट कतार एयरलायन्स हुँदै नेपाल आएका थिए।

प्रमुख प्रहरी उपरीक्षक सिलवालले भने, ‘पोखरामा उनी होम क्वारेन्टाइनमा रहेको उनका आफन्तको भनाइ छ। तर युवामा कुनै संक्रमण नदेखिएको पनि जनाइएको छ। ती युवा निरन्तर चिकित्सकको सम्पर्कमा रहेको खबर पाएका छौं। हामीले जिल्ला बाहिर भएकाले पोखरालाई जिम्मेवारी दिएका छौं।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.