|

काठमाडौं : स्वास्थ्य सामग्री व्यवसायीहरुको संगठन रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले देशभरका हरेक अस्पताल र स्वास्थ्य संस्थाहरुमा २४ सै घन्टा आवश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न र आवश्यकताअनुसार मर्मत सम्भार कार्य गर्ने व्यवस्था मिलाउन संघमा आबद्ध व्यवसायी तथा कर्मचारीलाई अपिल गरेको छ । 
संघका अध्यक्ष सुरेश घिमिरेले बुधबार एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ भाइरसको समस्यासँग जुध्न आफ्नो सामथ्र्यले भ्याएसम्म हरेक स्वास्थ्य संस्थामा सामग्री आपूर्तिको व्यवस्था मिलाउन सम्पूर्ण व्यवसायीहरुलाई अपिल गरेका हुन् । 

‘हामीले आफ्नो सामथ्र्यले भ्याएसम्म हरेक अस्पताल र स्वास्थ्य संस्थामा ३४ सै घन्टा आवश्यक स्वास्थ्य सामग्री आप्ूर्ति गर्ने र आवश्यक्ताअनुसार मर्मत सम्भार कार्य गर्ने व्यवस्था मिलाउन सहयोग गरिदिनहुन सम्पूर्ण व्यवसायी र सम्बद्ध कर्मचारी साथीहरुलाई हार्दिक अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । 

सेवा प्रदान गर्दा आवश्यक दूरी कायम गर्न र सुरक्षाका उपाय अवलम्बन गर्न पनि संघले अनुरोध गरेको छ । कोभिड–१९ बाट बच्न सरकारले चालेका कदमहरुलाई संघले पूर्ण समर्थनका साथ स्वागत पनि गरेको छ । 

‘अहिलेको परिस्थितिमा हामी यस विषयसँग सम्बन्धित व्यवसायी भएकोले पनि राष्ट्र सेवाको गम्भीर परिक्षाको घडीमा उभिन आइपुगेका छौँ । यस संकटको समयमा हामी सम्बद्ध सबै व्यवसायी साथी एकजुट भई व्यक्तिगत स्वार्थबाट माथि उठी राष्ट्रको स्वार्थमा खरो उत्रिन सफल हुनेछौँ र अहिले हाम्रो काँधमा आएको गम्भीर जिम्मेवारीवाट कहीँ कतै चुक्ने छैनौं भन्ने विश्वास छ’, विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.