|

इकमान लामा

काभ्रे : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थप फैलन नदिन सरकारले जारी गरेको लकडाउनको तेस्रो दिन काभ्रेको व्यापारिक नगरी बनेपा सुनसान देखिएको छ। प्रहरीले लकडाउनको उल्लंघन गर्नेहरुलाई कारबाही गर्न थालेपछि आजबाट लकडाउन थप प्रभावकारी देखिएको हो।

सरकारले आह्‍वान गरेको लकडाउन आदेशलाई उल्लङ्घन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलले जिल्लामा लकडाउन उल्लंघन गर्ने व्‍यक्ति तथा सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही शुरु गरिएको बताएका छन्। कारवाही शुरु गरेलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रे र मातहतका कार्यालयहरुबाट लकडाउनको अटेर गर्ने मोटरसाईकल, बस तथा ब्यक्तिहरुलाई सामान्य सोधपुक्ष गरी लकडाउन कार्यान्वयन र अटेर गरे हुने कानुनी कारवाहीका बारेमा जानकारी गराइएको छ। लकडाउनका कारण सधैँ व्‍यस्त देखिने बनेपा बजार पनि सुनसान बनेको छ। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.