|

दैलेख : कोभिड–१९ संक्रमणकाे आशंकामा दैलेखको दुल्लु नगरपालिकाले ४ जनालाई क्‍वारेन्टाइनमा राखेको छ। 

चैत १० गते भारतको मुम्बईबाट दैलेख आएका उनीहरुलाई नगरपालिका १ र २ को सिमानामा रहेको भानेश्‍वेर माध्यमिक विद्यालयमा निमार्ण गरिएका क्‍वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । 

नगरपालिकाले भारतलगायत अन्य मुलुकबाट नगरपालिका प्रवेश गर्ने जोकोहीले पनि १५ दिन क्‍वारेन्टाइनमा बस्‍नुपर्ने नियम बनाएको नगरप्रमुख भण्डारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.