|

सुर्खेत : कर्णाली प्रदेशमा आइसोलेसनका लागि तीनवटा अस्पताललाई तोकिएको छ। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले कर्णालीका  तीन अस्पताललाई आइसोलेसनका रुपमा प्रयोग गर्ने गरी तोकेको हो।

बैठकले सुर्खेतमा रहेको प्रदेश अस्पताल, रुकुमपश्चिममा रहेको चौरजहारी मिसन अस्पताल र  जुम्लामा रहेको कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई आइसोलेसनका लागि तोकेको हो।

आइसोलेसनका लागि प्रदेश सरकारले दुई करोड ५० लाख बजेटको पनि व्यवस्था गरेको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले जनाकारी दिइन्।

सुर्खेतको प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एकरएक करोड तथा रुकुम पश्चिमको चौरजहारी मिसन अस्पताललाई ५० लाख सहयोग दिने निर्णय भएको प्रवक्ता केसीले जनाइन्। मन्त्रीपरिषद्को बैठकले तीन अस्पतालको संयोजन तथा परिचालन समिति समेत गठन गरेको छ।

प्रदेश अस्पतालको संयोजन समितिमा सामाजिक विकासमन्त्री दल रावल, कर्णाली स्वास्थ्य प्रतिष्ठानको संयोजन समितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र रुकुम पश्चिमको चौरजहारी अस्पतालको संयोजन समितिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई  तोकिएको  छ।

संयोजन समितिको सदस्यहरूमा जिल्ला समन्वय समिति, नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन समितिका निर्देशकलगायत छन्। यस्तै बैठकले प्रदेश व्यवस्थापन कोषमा मुख्यमन्त्री सहितका मन्त्रीहरूले एक महिनाको पारिश्रमित जम्मा गर्ने र जनप्रतिनिधि, राष्ट्रसेवक, उद्योगी, व्यवसायी एवं अन्य इच्छुक व्यक्ति तथा संघसंस्थालाई सहयोगका लागि अपिल गर्ने निर्णय गरिएको छ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिका गर्न नेपाल सरकार समक्ष माग गर्ने र केन्द्रबाट उपलव्ध हुन नसक्ने भएमा प्रदेशले खरिद तथा आपूर्ति गर्ने निर्णय गरिएको प्रवक्ता केसीले जनाइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.