परीक्षण गर्दा संक्रमण फैलिएको ट्रम्पको तर्क

|

कोरोना (कोभिड १९) भाइरस संक्रमण अमेरिकामा व्यापक फैलिएको छ। त्यहाँ चीन र इटलीमा भन्दा पनि बढी मानिसहरू संक्रमित भइसकेका छन्‌। 

हालसम्म चीनमा ८१,७८२ र इटलीमा ८०,५८९ जना संक्रमित भेटिएका छन्। तर अमेरिकामा ८५,५९४ जनामा कोरोना संक्रमण भइसकेको छ। जुन चीन र इटलीको भन्दा धेरै हो। 

अहिलेसम्म कोरोना संक्रमणका कारण अमेरिकामा १,१०० मानिसको ज्यान गइसकेको छ। जोप हापकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको ताजा तथ्यांक विश्लेषण गर्दा चीन र इटलीपछि अब अमेरिकामा कोरोना संक्रमणले ब्यापक मानवीय हताहती निम्त्याउने पक्कापक्की जस्तै देखिएको छ। 

न्यूयोर्कका अस्पतालहरुमा क्षमताभन्दा बढी बिरामीहरु राखिएको छ। त्यहाँका गभर्नर एन्ड्रयु क्योमोले यसअघि अमेरिकामा द्रुततगतिको रेल जसरी कोरोना संक्रमणको दर बढीरहेको बताएका थिए। 

परीक्षण गरेकाले संक्रमण फैलियो : ट्रम्प

कोरोना संक्रमण र मानवीय हताहति बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिँ कोरोना फैलनुको मूख्य कारण यस्ता मानिसहरूको परीक्षण गर्नु रहेको तर्क गरेका छन्‌। 

बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पले भने,'हामीले धेरैको स्वास्थ्य परीक्षण गर्‍यौं, अहिले संक्रमितहरूको संख्या बढ्नु त्यसैको नतिजा हो।'

अमेरिकामा चीनको भन्दा निकै कम संक्रमित रहेको दाबी गर्दै ट्रम्पले बेइजिङले संक्रमित र ज्यान गुमाउनेहरूको एकीन संख्या लुकाएको आरोप समेत लगाउन भ्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.