|

काठमाडौं : चैत १४ गते । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिनेभएको छ।

विद्यार्थी भर्ना गर्न बोलाउने विद्यालयलाई कारबाही गरी विद्यार्थीको भर्नासमेत खारेज गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट गरेको छ। सरकारले नै नयाँ भर्ना नलिने भनेको र बढ्दो सङ्क्रमणका कारण मानिसको आवागमन समेत रोकिएको बेला भर्ना लिइए कडा कारबाही गरिने उनको भनाइ छ। कुनै विद्यालयले अनलाइनबाट विद्यार्थी भर्ना लिएको हुन सक्ने तर त्यो सम्भावना निकै न्यून रहेको शर्माले बताए।

राजधानीका सेन्ट जेभियर्स स्कुल र जेभियर्स इन्टरनेसनल स्कुलले विद्यार्थीको भर्नाका लागि प्रवेश परीक्षा लिएको भए पनि त्यसको नतिजा प्रकाशन गर्न रोक लगाइएको उनको भनाइ छ। 

जेभियर्स इन्टरनेसनल स्कुलका कार्यकारी प्रमुख लोकबहादुर भण्डारीले कोरोना भाइरस सङ्क्रमणका कारण संसारभरकै मानिसको जीवन जोखिममा परेका बेला आफूहरूले भर्ना कार्यक्रम सबै स्थगित गरेको जनाए

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.