काठमाडौं : बलिउड अभिनेत्री निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ। बुधबार बेलुकी उनको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
निम्मी ५० देखि ६० को दशकमा बलिउडकी चर्चित अभिनेत्रीमध्ये एक थिइन्। राज कपुरले उनलाई आफ्नो फिल्म बरसात (१९४९० बाट ब्रेक दिएका थिए। उनले नै उनको नाम नवाब बानोबाट परिवर्तन गरेर निम्मी राखेका थि ।
अमर, उडन खटोला, आन’ उनका केही अविस्मरणीय फिल्म हुन्। उनले कुन्दन, मेरे महबुब र पूजाके फूलजस्ता फिल्ममा पनि काम गरेकी थिइन् । सन् २००७ मा उनका लेखक श्रीमान् रजाको निधन भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।