बारा : सरकारले लगाएको लकडाउन र जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको निषेधाज्ञा उल्लघन गर्ने बारामा १६ जना पक्राउ परेका छन्।
निषेधाज्ञा आदेशको तेस्रो दिन जिल्लाका विभिन्न स्थानबाट बिहीबार १६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना पनि गरिएको छ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बारामा पठाएको थियो। जिल्ला प्रशासन कार्यालय बाराले उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ अनुसार जनही १०० रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
प्रहरीले अवज्ञा तथा उल्लघन गर्ने ५१ वटा मोटरसाइकल, दुईवटा ट्रक, एउटा ट«याक्टरसमेत नियन्त्रणमा लिई जरिवाना गरी छाडेको छ। निषेधाज्ञा आदेशको दोस्रो दिन आदेश उल्लघन गर्ने १३ जना व्यक्तिहरूलाई बारा प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसैगरी अवज्ञा तथा उल्लघन गर्ने ११६ वटा मोटरसाइकल, अटो १, ट्रयाक्टर एक तथा एउटा कारनियन्त्रणमा लिइएको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।