|

डोल्पा : जुम्लाको गुठीचौर गाउँपालिका-५ बस्ने खत्री युवाहरूले आफ्नै वडाका १७५ घरधुरीलाई नि:शुल्क मास्क र साबुन वितरण गरेका छन्।

देपालगाउँका १४ जना खत्री युवाहरूको व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर वडाका १७५ घरधुरीका ५८० जनालार्ई नि:शुल्क मास्क र साबुन वितरण गरेका हुन्।

खत्री परिवारका युवाहरूले आफैँले पैसा उठाएर विपन्न परिवारलाई नि:शुल्क रूपमा मास्क र साबुन वितरण गरेको स्थानीय युवा विकास खत्रीले जानकारी दिए।

आफूहरूसँग अझै ३ हजार ५ सय मास्क र २ हजार साबुन बाँकी रहेकाले वडा नं ३ र ४ का सम्पूर्ण सर्वसाधारणलाई बाँड्ने योजना बनाएको खत्रीले बताए।

विश्वभर कोराना भाइरसले महामारीको रुप लिइरहेको बेला नेपालमा पनि पूर्व-सतर्कता अपनाउनुपर्ने बताउँदै देश विपत्तिमा भएका बेला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने खत्रीको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.