कोरोना नियन्त्रणका यी हुन् तीन विकल्प

|

१७ नेभेम्बर २०१९ मा चीनको वुहानमा पहिलोपटक देखिएको र ३० जनवरी २०२० मा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको रूपमा घोषणा गरी कोभिड १९ नामकरण भएको एउटा रोगले विश्वलाई यस्तो हल्लाइरहेको छ जसको कुनै ऐतिहासिक उदाहरण दिन मिल्ने नाम भेट्न कठिन छ।

अर्थात् विगत यस्तो भयावह अहिलेको पुस्ताले देखेको भोगेको थिएन। धेरै महामारी आए तर अहिले जस्तो मानिसको श्वासप्रश्‍वास र मुखमण्डलबाट सर्ने र मानिस मानिससँग तर्सनुपर्ने महामारी  मानव जातिले भोगेको थिएन। 

प्लेग, एड्स, सार्स, इबोला, डेंगु, पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध, १९३० को माहामन्दी, न्युयोर्कमा टुइन टावरलाई  ढलाइएको घटना, इराक हमला, नेपालको २०७२ को भूकम्प, सुनामी आदि अनेक घटनाहरू बितेको १२० वर्षभित्रमा प्रभाव पार्ने घटना हुन्  तर कोरोनाभाइरस जस्तो विश्वको प्रत्येक मानव जातिलाई उथलपुथल पार्ने घटना  अहिलेसम्म अर्थात् यो संसारमा आज जीवित रहेको कुनै मानिसले थाहा पाउने गरी भएको थिएन। एड्सको डर हाम्रो पुस्ताले भोगेको हो तर त्यसको सर्ने डर अहिलेको जस्तो सहज थिएन। 

 अहिले इटाली, स्पेन, अमेरिका बढी जोडतोडले रोग फैलिएको र मृत्यु  भएको अवस्थामा छन्। पहिलोपटक अमेरिका जस्तो विश्वशक्तिशाली मुलुकहरूले पनि आफ्नो देशमा बिरामी राख्‍न ३० हजार भेन्टिलेटर चाहिने तर आफूहरूसँग ७ हजार मात्र भएको बताएका छन्।

यो रोगले विश्वका सबै देश र लगभग बुझ्न, सुन्न र महसुस गर्न सक्ने सबै मानिसलाई प्रभावित गरेको यो कोरोना भाइरसको अन्त कहाँबाट हुन्छ भन्ने ठोस उत्तर कुनै वैज्ञानिक विचारक र विश्लेषकसँग छैन। अहिले प्रत्येक मानिस, धनी, गरिब, शिक्षित, अशिक्षित सबैको मन, दिमाग र सोचमा यही रोगको त्रास छ।

पसलमा दूध किन्न जाँदा एउटा स्वस्थ मानिसले आफ्नो नियमित खोकाई खोकेमा वरिपरि उभिएका सबैको बीचमा सुगबुगाहट चल्छ। अहिले सरकारले कसैको मृत्यु भएमा मलामी २५ जनाभन्दा जान नपाउने भनेको छ।

यदि नेपालमा कोरोना पुष्टि भएको मानिस मरेमा मलामी पनि पाइन्छ कि पाइँदैन भन्ने अवस्था आइसकेको छ। वास्तवमै डरलाग्दो सोसल डिस्टेन्सिङ भइरहेको छ।

अहिलेसम्मका समस्या एक ठाउँमा वा एक देशमा भएकोले अरू देशले सहयोग गर्ने अवस्था थियो। १९४५ मा जापान एटम बम खसालियो, जापानलाई अमेरिकाले नै सहयोग गरेको थियो। नेपालमा २०७२ मा भूकम्प गयो त्यसलाई विश्वले नै सक्दो सहयोग गर्‍यो अहिले त सबै पीडित भएको कारणले कसले कसलाई सहयोग गर्ने भन्ने अवस्था नै  छैन। (चीनले नेपाललाई गरेको सहयोग एक अपवाद हो।)

२००३ मा सार्स भाइरसले ८ महिनाको अवधिमा २९ देशका ८ हजार ९६ जनालाई संक्रमित गरेको थियो। सन् २००९ मा स्वाइन फ्लुले सात महिनामा ९४,५१२ जनालाई संत्रमित गर्दै अन्तसम्म ६७ लाख मानिसलाई प्रभावित गरेको थियो र पनि अहिलेको जस्तो हाहाकार भएको थिएन। अहिले त साढे ४ लाखको संक्रमणले विश्व हल्लाई रहेको छ।

 मेर्स भन्ने भाइरस जुन साउदी अरबबाट शुरु भई अहिले ८ वर्षसम्ममा २५०० जनालाई संक्रमित गरेको हो। यी कुनै फ्लु वा भाइरसले अहिलेको कोभिड १९ ले जस्तो भयावह अवस्था सिर्जना गरेका थिएनन्।

अबको समस्या त कहाँ छ भने यो रोगको  अन्त भएर यो संसार कहिले पूर्ववत गतिमा चल्ला भन्‍न प्रश्नसँग पो अन्योलग्रस्त बनेको छ। चीनमा ८५ हजारलाई पीडित गरेर अहिले यो थामिएको छ तर यो फेरि नदोहोरिएला भन्ने अचुक आधार त्यहाँ पनि छैन। किनकि १९६ दशेमा यो फैलिइसकेको छ।

अहिले त प्रत्येक एकापसमा सशंकित छ। श्रीमान्ले ख्वाक्क गरे श्रीमती टाढा र श्रीमतीले निधार छामे श्रीमान् टाढा रहनुपर्ने अवस्था छ। यस्तो अवस्थामा अहिले इटाली, स्पेन, अमेरिका बढी जोडतोडले रोग फैलिएको र मृत्यु  भएको अवस्थामा छन्। पहिलो पटक अमेरिका जस्तो विश्वशक्तिले आफ्नो देशमा बिरामी राख्‍न ३० हजार भेन्टिलेटर चाहिने तर उनीहरूसँग ७ हजार मात्र भएको बताएका छन्। आखिर के नै रहेछ त शक्ति भनेको। अरबौँ डलरको एटम बमले ४ माइक्रोएमएलको कोरोना मार्न सक्ने रहेनछ।

चीनमा ८१ हजारमध्ये ७४ हजार निको भएर फर्किसकेका छन्। यो सबैभन्दा सुखद खबर हो। यही लकडाउन प्रणाली अहिले भारत, इटाली, नेपाल, स्पेन अमेरिकाले अवलम्‍बन गरेका छन्। यो नितान्त क्षणिक उपाय हो।

यसले गर्दा यदि नेपालमा कोही कोरोनाबाट मृत्यु भएमा उसका लागि मलामी भेट्न गाह्रो हुन सक्ने डरले पनि औषधि छैन भनेपछि मानिस घरमै  रोगसँग संघर्ष गरेको हुनसक्छ। समस्या अनेक आउन सक्ने भएकोले यसविरुद्ध विभिन्न तरिकाले लड्नुपर्छ। लकडाउन, मास परीक्षण र मासप्रोटेक्सनमध्ये कुन राम्रो मोडल हो विश्लेषण हुन जरुरी छ।

१. चाइनिज तथा लकडाउन मोडल

अहिले सबैभन्दा बढी देशले अवलम्बन गरेको मोडल लकडाउन हो। यसमा मानिसलाई घरबाट बाहिर निस्किन नदिएर, रोगीको नजिक पुग्न नदिएर मानिसमा संक्रमण हुनबाट रोकिन्छ। यो मोडलबाट चीनले यो लेख तयार पार्दासम्म ८१ हजार २८५, संक्रमित भएर  ३२८७ जना मरिरहेको अवस्था डेढ महिना पूरै देशलाई नै लकडाउन गरेर एकप्रकारले तत्कालका लागि कोरोनालाई पराजित गरेको अवस्था छ।

चीनमा सबैभन्दा खुशीको कुरा के छ भने त्यहाँको रिकभरी रेट अति उच्च छ। ८१ हजारमध्ये ७४ हजार निको भएर फर्किसकेका छन्। यो सबैभन्दा सुखद खबर हो।

यही लकडाउन प्रणाली अहिले भारत, इटाली, नेपाल, स्पेन अमेरिकाले अवलम्‍बन गरेका छन्। यो नितान्त क्षणिक उपाय हो। ८ खर्बको विश्वलाई कहिलेसम्म लकडाउन गर्न सकिएला। त्यसैले ब्राजिल, रुस, मेक्सिको जस्ता देश चानुमानु लागेर बसेका छन्।

जस्तो भए पनि  पहिलो चरणमा लकडाउन उपयुक्त विधि हो। लामोसमयसम्म यो विधि उपयुक्त हुनेछैन। किनकि अरू रोगका रोगीले पनि त उपाचार पाउनुपर्‍यो। जति भने पनि रोजीरोटीको प्रश्नले पनि सबैलाई पिरोल्ने नै छ। कोरोनालाई बेवास्ता गर्दै रुसमा २२ अप्रिलमा आम चुनाव हुँदैछ।

२. कोरियन तथा मास परीक्षण मोडलः

साउथ कोरियामा ९२०० बढी संक्रमण र १३१ जनाको मृत्यु हुँदै गर्दा त्यो देशमा अलिअलि रुघाखोकी लागेका सबैको परीक्षण गरेर संक्रमितलाई आइसोलेट गर्ने नीति लिएको थियो। यसले गर्दा सबै संक्रमित क्वारेन्टाइनमा आए र समाज सुरक्षित भयो।

 दक्षिण कोरियामा एक हजार जनामध्ये ११ जनाका लागि अस्पतालका बेड पुग्ने हुनाले यो मोडल उपयुक्त देखिएको हो। तर भारत जहाँ १००० जनाको लागि ०.७ प्रतिशत मात्र बेड उपलब्ध छ। नेपालको अवस्था पनि त्यस्तै  ११ जनाका लागि अस्पतालका बेड पुग्ने हुनाले यो मोडल उपयुक्त देखिएको हो। तर भारत जहाँ १००० जनाको लागि ०.७ प्रतिशतमात्र बेड उपलब्ध छ।

नेपालको अवस्था पनि त्यस्तै छ। त्यसैले सुरुमा लकडाउन उपयुक्त छ।  दीर्घकालमा सबैले कोरियन मोडल अपनाउनुपर्छ। किनभने मानिसलाई लामो समय घरमा थुनेर राख्‍ने अवस्था हुँदैन।  अहिलेसम्म दक्षिण कोरियाले ७० लाख सम्‍भावितलाई परीक्षण गरेको छ। भोलिका दिनमा यो मोडल सर्वग्राह्य नहोला भन्न सकिँदैन।

समाजिक रुपमा कोरोनापीडितप्रति बेवास्ता बढ्दै जाने र धेरै मानिस रोगी देखेमा भाग्ने अवस्था आएमा वास्तविक रोगीले यो लुकाएर बस्नुभन्दा मासटेष्टिङ सर्वाधिक लोकप्रिय हुने दिन नआला भन्‍न सकिँदैन।

३.ताइवान मोडल :

 चीनबाट मात्र ११० माइल टाढा रहेको देश ताइवान जसलाई चीनले आफ्नै भूमि मान्छ। त्यहाँ कुनै प्रकारको महामारी छैन २३५ संक्रमित भएकोमा २०४ लाई निको भयो र २ जनाको मृत्यु। यहाँ रोग लाग्नासाथ सेनाले लाखौँको संख्यामा मास्‍क बनाएर जनताले बाँडे अनि सेनाले नै सेनिटाइजर बनाएर घर घरमा बाँडेकोले त्यहाँ महामारी नै फैलिएको छैन।

यसरी अनेक मोडलबाट कोरोनासँग लडिएको छ। दीर्घकालमा नम्‍बर २ अर्थात मासपरीक्षण मोडल बढी उपयोगी हुन्छ  होला विश्वव्यापी रूपमा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.