|

कोरोना भाइरसका कारण स्पेन अहिले तनावपूर्ण अवस्थामा छ। 

पछिल्लो अपडेट अनुसार स्पेनमा करिब ५८ हजार कोरोना संक्रमित पुगेको छन् भने करिब ४५ सयले ज्यान गुमाएका छन्।

कोभिड–१९ को बढ्दो महामारीसँगै स्पेनिस टेनिस स्टार राफेल नाडालले सरकारलाई सहयोग गर्न अपिल गरेका छन्। उनले एक भिडियो सन्देश जारी गर्दै अहिले स्पेन कठिन अवस्थाबाट गुज्रिएको भन्दै सहयोगका लागि अपिल गरे। उनको अपिलसँगै ११ मिलियन युरो ९१ अर्ब ४३ करोड रुपैयाँ बराबर रकम जम्मा भएको स्पेनिस मिडियाहरूले जनाएका छन्।

अहिले विश्वभरका चर्चित खेलाडीहरू आफ्नो देशमा बढेको समस्याका कारण चिन्तित मात्रै छैनन्। सहयोगका लागि अपिल गरिरहेका छन्। धेरै खेलाडी प्रशिक्षकले आफ्नो नियमित आम्दानीबाट कोभिड नियन्त्रणका लागि निरन्तर रकम खर्चिएका छन्।

बार्सिलोनाका लियोनेल मेसी, सिटीका प्रशिक्षक पेप ग्वार्डिओला, रोनाल्डोलगायत खेलाडीले कोभिड नियन्त्रणका लागि रकम घोषणा गरिसकेका छन्। अहिले कठिन समयमा सबै सँगै रहेर जुध्नु पर्ने आवाज उठिरहेको छ।  

इंग्लिस क्रिकेटर स्टुअर्ट ब्राडले खानाका लागि आवश्यक व्यवस्था गर्दै आएका छन्। त्यस्तै प्रिमियर लिग क्लब वाटफोर्डले आफ्नो स्टेडियम खाली गरेको छ। हेल्थ सर्विसका लागि उसले सरकारलाई स्टेडियम दिएको हो। त्यस्तै चाइल्ड केयर सुविधा पनि उपलब्ध गराएको छ। त्यस्तै लिग वान क्लब इप्सविच, रग्बी क्लब लिस्टर टाइर्स, काउन्टी टी डरहमले पनि आफ्नो मैदान उपलब्ध गराएका छन्।

मैक्ग्रेगोरको १३ करोड सहयोग

ब्रिटेनका बक्सर आमिर खान पनि मद्दतका लागि अगाडि छन्। उनले आफ्नो ६० हजार स्क्वायर फिटमा फैलिएका ४ विल्डिङ हेल्थ सेवाका लागि उपलब्ध गराएका छन्। त्यस्तै मिक्सड मार्शल आर्टिस्ट कोनोर मैक्ग्रेगोरले हस्पिटल स्टाफका लागि इक्विपमेन्ट खरीद गर्नका लागि एक मिलियन युरो (१३ करोड) सहयोग गरेका छन्। त्यस्तै ब्राजिलको मरकाना फुटबल स्टेडियमलाई अस्थायी रुपमा अस्पतालमा परिणत गरिएको छ।

जहाँ कोरोना संक्रमितको उपचार भइरहेको छ। ब्राजिलमा अहिलेसम्म २९ हजार बढीमा कोरोना पोजेटिभ देखिएको छ। हरेक देशमा निरन्तर सहयोगका लागि खेलाडीहरू लागिरहेका छन्। कोरोना संक्रमण भने निरन्तर बढ्दो छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.