सल्लेरीमा अलपत्र ६ जनालाई काठमाडौं पठाइने

|

सोलुखुम्बु : सगरमाथा क्षेत्रबाट १६ जना विदेशी पर्यटकको उद्धार गरिएको छ।

शुक्रबार १४ जना अष्ट्रेलियन र २ जना बेलायती गरी १६ जनाको उद्धार गरिएको हो। १४ जना अष्ट्रेलियन नागरिकलाई तारा यएरको जहाज र २ बेलायती नागरिकलाई डाइनास्टीक एयरको हेलिकप्टरबाट उद्धार गरि काठमाडौं लगिएको हो।

अझै पनि करिब १७१ जना विदेशी पर्यटक खुम्बु क्षेत्रमा रहेको नागरिक उडड्यन प्राधिकारण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए। बिहीबार १ नेपालीसहित १९ जनाको उद्धार गरिएको थियो भने मंगलबार र बुधबार १० जनाको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकमारी शाहीले जानकारी दिइन्। शुक्रबार मात्रै २६० जर्मन नागरिकसहित ३ सय ७ जनालाई काठमाडौंबाट कतारको दोहा हुँदै युरोप पठाइएको छ।

सल्लेरीमा अलपत्र ६ जना विदेशीलाई शनिबार काठमाडौं पठाइने

सदरमुकाम सल्लेरीमा अलपत्र परेका ६ जना विदेशी पर्यटकलाई उद्धार गरी काठमाडौं पठाइने भएको छ। तीन साता अघि नेपाल भ्रमणमा आएका उनीहरू नेपाल लक डाउन भएपछि सल्लेरीमा नै अलपत्र परेका थिए। 

स्पेन, पोल्याण्ड, अमेरिका, फ्रान्स, क्यानाडा र भारतका ६ जना नागरिक लकडाउनका कारण सल्लेरीमै अलपत्र परेको भन्दै प्रशासन कार्यालयमा आएको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिइन्। आफूहरूसँग भएको खर्च समेत सकिएकाले थप समस्या भएको भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा उद्धारको लागि आग्रह गरेका थिए।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वय तथा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको पहलमा शनिबार उनीहरूलाई सडक मार्ग हुँदै काठमाडौं पठाइने निश्चित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.