|

एजेन्सी : बेलायतका प्रधानमन्त्री बोरिस जोनसन संक्रमित भएकै दिन त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यसअघि शुक्रबार नै प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई संक्रमण देखिएको जानकारी दिएका थिए। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार ह्यानककमा सामान्य लक्षण देखिएको उनले बताएका छन्। उनले पनि घरमै आइसोलेसनमा बसेको जानकारी दिएका छन्। 

‘मलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ। लक्षण हलुका देखिएको छ। र, म घरबाटै आइसोलेसनमा बसेर काम गरिरहेको छु,ु उनले भनेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.