|

अर्जुन काफ्ले

पथरी (मोरङ) : होलीका दिन कुटपिट वाट घाइते भएका मोरङ्ग पथरीशनिश्चरे नगरपालिका–१० निवासी दीपक लिम्बुको उपचारकै क्रममा मृत्यु भयो। विराटनगरस्थित विराट अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका लिम्वुको शवलाई अस्पतालले फोहरमैला राख्‍ने स्थामा फालिदियो। दुई दिनसम्म फोहोर फाल्ने ठाउँमा वेबारिसे बनेको शव गाउँलेल पैसा उठाएर शदगदका लागि शनिबार ल्याएका छन्। 

कुटपिटबाट घाइते भएका उनको बिहीबार मृत्यु भएको थियो। सात दिनसम्म उपचारका क्रममा अस्पतालले ३ लाख ८० हजार रुपयाँ बिल उठाएको थियो। 

ल्याव र औषधिको भिन्न रकम उठेको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले शुक्रवार लिम्बुको उपचारका क्रममा लागेको पैसा नतिरेको भन्दै उनका परिवारलाई शव नदिइ फोहरमैला राख्ने स्थानमा शव राखिदिएको हो। 

आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालको बिल तिर्न नसक्दा दीपकको शव २ दिनदेखि घामले भेट्ने ठाउँमा फालिदिएको मृतककी बहिनी मनु लिम्बूले बताएकी थिइन्। यो थाहा पाएपछि लकडाउनको संकटमा पनि गाउँलेले पैसा उठाएर शव अस्पतालबाट झिकेका हुन्। 

मनुका अनुसार अस्पतालमा जानासाथ पैसा तिर्नु भन्दै हप्कीदप्की गरेका थिए। मनुलाई दाजु कुटिएर मारिनुको पीडा त छँदैछ, शव शवगृहमा नराखी फालीदिएर अस्पतालले थप पीडाले पिरोलेको थियो। तर पथरीका सबै गाउँले जुटेर शव अस्पतालबाट उठाएका हु्न।

मनुले भनिन् ‘बरु कुकुर, बिरालोको मरण सम्मानजनक होला। मेरो दाइको अनुहार हेर्न पाउनु त कता हो कता फोहोरसँगै फालिदिएको रहेछ। गाउँलेको सहयोगले दाहसंस्कारका लागि ल्यायौँ।’  

अस्पताल प्रशाशनले शवलाई कुहुन नदिन शवगृहमा राख्नुको साटो फोहोर फाल्ने ठाउँमा चर्को घाममा देखिने गरी राखिदिएको लिम्बुले बताइन्। 

उपचार खर्च तिरेर शव निकाल्न सुमन कुरुम्बाङ, गणेश थक्लुङ, जीवन खतिवडा, प्रेम ढकाल, केशव कुरुङ्बाङ, बसन्त मादेन, वीरबहादुर बस्नेत लगायतको टोली खटेको थियो। उनीहरुले नै पैसा तिरेर शव झिकेका हुन्। 

मृतक दीपकको घर संघीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निर्वाचन जितेको मोरङ क्षेत्र नम्बर ३ मा पर्दछ। दीपकलाई कुट्ने मुस्कान राईबाहेक अरु दुईजनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्रन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.