|
फाइल फोटो

काठमाडौं : आज देश लकडाउन भएको पाँचौ दिन। सडक सुनसान छ नागरिक आफ्नो घर कोठामा छन्। सडकमा अत्यावश्यक बाहेकका सवारीसाधन गुडेका छैनन्। आवश्यकता, पीडा र आभावबीच जनताले सरकारलाई सहयोग गरेका छन्।

यता तरकारी उत्पादक किसान, बिक्रेता र ग्राहकबीच सम्बन्ध टुटेको छ। किसानको तरकारीजन्य उत्पादन धेरै त खेतबारी टनेलमै छ। बजार आएको पनि पसलमा नै थन्किएको छ। अर्कोतर्फ ग्राहक उपभोक्ताले तरकारी फलफूल पाएका छैनन्, पाए पनि महँगो मूल्यमा खरिद गर्नुपरेको छ। काठमाडौँ उपत्यकाको तरकारीको थोक बिक्री केन्द्र रहेको कालिमाटी बजारमा भने तरकारी कुहिन थालेको छ। राति २ बजेदेखि बिहान ६ बजेसम्म खरिद बिक्री गर्न निश्चित समय तोकिएपछि काठमाडौँ आएको तरकारी राम्रोसँग बिक्री भएको छैन।

लामो समय बिक्री नभएको हरियो तरकारी कुहिएर फाल्नुपरेपछि काठमाडौँ महानगरले कीटनासक औषधि छर्कनुपरेको छ। स्थानीय किसानको तरकारी बजार आउन नपाएको तर भारतबाट आउने तरकारी निर्वाध बजारसम्म आएको स्थानीय बिक्रेताले गुनासो पनि गरेका छन्।

यस्तै, बल्खु तरकारी बजारमा भने केही चहलपहल देखिएको छ तर गुनासो भने उस्तै छ तरकारी बिक्री भएको छैन। तरकारी कुहिएर जान थालेपछि मूल्य भने बढेको छ।  कुहिएर बाँकी रहेको तरकारीबाट परलमोल उठाउन बिक्रेताले मूल्य बढाएको ग्राहकले गुनासो गरेका छन्। सरकारले तरकारी बजारमा भएको तरकारी उपभोक्तासम्म पुर्‍याउन छुट्टै संयन्त्र बनाउनुपर्ने देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.