|

सिन्धुली : खाद्यान्नलगायत दैनिक उपयोग्य वस्तु खरिद गर्ने भन्दै बजारमा निस्कने नागरिकको संख्या बढ्न थालेपछि कमलामाई नगरपालिकाले शनिबारदेखि सुलभ घुम्ती पसल सेवा सुरु गरेको छ। 

नगरपालिकाले नगरभित्रका नागरिकलाई सहज र सुलभ मूल्यमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि सुलभ घुम्ती पसल सेवा सुरु गरेको हो। 

नागरिकलाई घरबाट बाहिर निस्कन नदिनका लागि शुपथ घुम्ती पसल सेवा सुरु गरिएको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए।

‘देश नै लकडाउन छ। सरकारले कोही पनि नागरिकलाई घरबाट ननिस्कन आग्रह गरिरहेको छ। अतिआवश्यक वस्तु किन्ने बहानामा नागरिक निस्कन थालेका छन्।फेरि लकडाउन भन्दा अघि स्टक राखेको खाद्यान्न पनि सकिन थाल्यो होला भनेर यो शुपथ मूल्य पसल सुरु गरेका हौं’ प्रमुख खत्रीले भने। 

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा शनिबार विहान बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको थियो। पसलको व्यवस्थापनको जिम्मा सिन्धुली उद्योग वाणिज्य संघलाई दिइएको छ। 

घुम्ती पसलमा चामल, दाल, नुन, तेललगायतका दैनिक उपभोगमा आवश्यक वस्तु रहने उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अम्रेशचन्द्र बैदारले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.