पोखरासम्म जहाज र त्यहाँबाट जिपमा घर, विदेशबाट आएको ढाँटिन्

|
प्रतीकात्मक तस्वीर

बाग्लुङ : बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बाग्लुङकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

उनी बाग्लुङ नगरपालिकाकी बासिन्दा हुन्। गत चैत ४ गते  कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी ती १९ वर्षीय युवती अर्को दिन जहाज चढेर  पोखरा पुगेकी थिइन्। त्यहाँबाट जिपमा बागलुङ पुगेकी खुलेको छ। 

पोखराबाट जिपमा गगएर उनले बागलुङमै केही किनमेल गरेकी थिइन्। उनी त्यही दिन घर पुगेको पारिवारिक स्रोतले जनाएको छ। बजारमा केही समय बिताउँदा उनले कतिजनालाई भेटिन् भन्‍ने खुलेको छैन।। घर आएको दुई तीन दिनपछि उनलाई ज्वरो आएको थियो। 

पारिवारीक स्रोतका अनुसार ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पतालमा जचाँउन गएकी थिइन्। टाउको दुख्यो भन्दै अस्पताल पुगेकी उनलाई अन्तरंग सेवामा कार्यरत एकजना डाक्टरले चेक जाँच गरेका थिए।

तर अस्पतालमा उनले आफू बाहिरबाट आएको भने जानकारी दिइनन्। चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिए। 

‘उहाँ आएको जहाजमा आएकी युवतीलाई कोरोना देखिएपछि त्यो फ्लाइटका सबैको नाम सार्वजनिक भयो। हाम्रो नगरपालिकामा पनि उहाँको नाम देखेपछि घरमै गएर स्वाब संकलन गरिएको हो,’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने।  

चार दिनअघि परीक्षणका लागि स्वाब पठाइएकी युवती अहिले पनि घरमै रहेको पौडेलले जानकारी दिए। ‘अब धौलागिरि अस्पतालमा राख्ने कि पोखरा वा काठमाडौं लैजाने हामी सल्लाह गर्दैछौं,’ मेयर पौडेलले भने। 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक अहिले बसिरहेको छ। बैठकले उनको उपचार गर्ने ठाउँको बिषयमा टुंगो लगाने प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले जानकारी दिए। 

उनीसँगै जोडिएका अन्य परिवारका सदस्य र उनीपुगेका ठाउँको बिषयमा समेत सोधीखोजीको काम सुरु भएको छ। उनीसँगै आएको जहाजकी काठमाडौंकी एक युवतीमा संक्रमण देखा परेको सार्वजनिक भएपछि उनी घरमै बस्दै आएकी छन्। आसपासका एक दुई घरबाहेक ४ गते यता उनी कतै नडुलेको परिवारका एक सदस्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.