|

उदयपुर : उदयपुरमा कोरोना भाइरस संक्रमण आशंका गरिएका एक बिरामी कटारी अस्पतालको आइसोलेसनबाट भागेका छन्।

ताप्ली गाँउपालिका घर भएका ३८ वर्षीय कीर्तिमान मंग्राती आइसोलेसनबाट भागेको अस्पतालका सूचना अधिकारी इसराइल राइनले जानकारी दिए। उनले भने, ‘फरार व्यक्तिमा ९९.३ डिग्री फरेनहाइट ज्वरो मापन गरी अस्पतालको आइसोलन बेडमा राखी उपचार भइरहेको थियो।'

कीर्तिमान शनिबार बिहान भागेको अस्पतालले जनाएको छ। उनीसँगै भारतको सिलगढी नाका हुँदै सिन्धुली आइपुगेका २१ जनामध्ये २० जनालाई बेलस्रोत क्वारेन्टाइनमा राखिएकोछ। 

भागेका मंग्रातीले आइसोलेसन बेडमा झोला र मोबाइल छोडेका छन्। उनको पूरा ठेगाना भने नखुलेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.