|

 सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएकाहरुको स्वास्थ्य अवस्था बुझ्ने कार्यलाई तीव्रता दिएको जनाएको छ। कोरोना संक्रमणको जोखिम बढेकाले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पहिचान गरी स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए।

नेपालमा कोरना सक्रमितको संख्या बढ्दै गएपछि बाहिरबाट गाउँमा आएकाहरुको पहिचान गरी सेल्फ क्वारेन्टाईनमा राखिने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। गाउँकार्यपालिका बैठकको निर्णयअनुसार गठित वडा समन्वय समितिले उनीहरुको पहिचान गरी स्वास्थ्यकर्मीको निगरानीमा राखिने अध्यक्ष राईको भनाइ छ।

गाउँपालिकाको वडा नम्बर–८ का एक युवक वैदेशिक रोजगारीबाट आएको पाइएकाले उनको स्वास्थ्य अवस्था बुझ्न वडा अध्यक्षसहित स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको अध्यक्ष राईले बताए।

वदेशिक रोजगारीसँगै काठमाडौं, विराटनगर लगायतको शहरबाट गाउँ फर्केकाहरुले सन्चोविसन्चो सोध्दै गाउँ घुमेको पाइएकाले संक्रमणको जोखिम झनै बढेको भन्दै अध्यक्ष राईलाई सबैलाई आ–आफ्नो स्थानमा सुरक्षितसाथ बसिदिन आग्रह गरे।

अरुको स्वास्थ्य अवस्था बुझ्नुभन्दा पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै विषम परिस्थितिबाट बच्न र बचाउन अनुरोध गरे। यदि कोही कसैलाई कुनै पनि समस्या आएमा तत्काल सम्पर्क गर्न गाउँपालिकाबासीलाई आग्रह गरे। गाउँपालिकाले आवश्यक उपकरण र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको हुँदा नआत्तीइकन मनोबल उच्च बनाएर बसिदिन उनले सबैलाई सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.