|

मकवानपुर : हेटौंडा उप-महानगरपालिका १३ पदमपोखरी साङ्गेचोकमा भएको झडपमा परि एकजना प्रहरी हवल्दार घाइते भएका छन्। शनिबार राती पदमपोखरीको मिलनटोल र साङ्गेटोलका युवाहरूबीच विवाद भएपछि नियन्त्रणका लागि गएको प्रहरीले तीन राउन्ड हवाइ फायर गरेको थियो।

मदिरा सेवन गरी हो-हल्ला गर्दै हिँडेका मिलनटोलका युवाहरुलाई साङ्गेटोलका युवाहरुले हो-हल्ला नगर्न आग्रह गर्दा मध्यराती झगडाले उग्ररुप लिएको थियो। उक्त झगडा साम्य पार्नका लागि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुजन पाठकले जानकारी दिए।

हेटौंडामा गोली चल्यो

हवाई फायर गरेपछि झै-झगडामा संलग्न मिलनचोकका युवाहरू फरार भएका र खोजतलास गर्ने क्रममा मिलानचोक १२ बस्ने वर्ष २० को रोशन बललाई प्रहरीले फेला पारेको थियो। निजलाई नियन्त्रणमा लिन खोज्दा ढुङ्गामुढा प्रहार गरेकोले नियन्त्रणमा लिन प्रहरीले एसएलआरबाट थप २ राउण्ड हवाई फायर गरेको पाठकले बताए।

स्थितl नियन्त्रणdf लिन खोज्दा घाईते भएका हवल्दारको अवस्था सामान्य रहेको बताइएको छ। प्रहरी भ्यानमा समेत क्षति पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.