|

काठमाडौं : नेपाली सेनाले कोरोना भाइरसको रोकथाम, प्रतिकार र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन कोभिड–१९ मोबाइल एप बनाएको छ।  उक्त एपले ‘क्राउड सोर्सिङ्ग’ अवधारणा बमोजिम सर्वसाधारणबाट सूचना प्राप्त गरि आकस्मिक सेवा प्रवाह गर्न सहयोग गर्नेछ।

नेपाली सेनाले ‘कोभिड–१९ रेस्पोन्स एप–नेपाल’ नाम दिएको उक्त एपमा परिवार, छरछिमेक तथा साथीभाइमा कोभिड–१९ को लक्षण देखिएमा उक्त विवरण पठाउन सकिने व्यवस्था गरिएको छ। एपमार्फत् नै सूचना एवम् जानकारी सम्प्रेषण गरिनेछ। एपमार्फत् प्राप्त हुने तथ्याङ्कलाई नेपाली सेनाले आवश्यक व्यवस्थापन एवम् विश्लेषण तथा बिरामीसँगको पहुँच स्थापना गर्न प्रयोगमा ल्याउने जनाएको छ।

तात्काल नेपाली सेनाको वेभसाइट ‘नेपालआर्मी डट मिल डट एनपी’ बाट उक्त एप डाउनलोड गर्न सकिने र छिट्टै गुगल प्ले स्टोरमा समेत व्यवस्था गरिने नेपाली सेनाले विज्ञप्ती जारी गरी उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.