बीपी प्रतिष्ठानमा धरामा आजबाट सुरु

|

सुनसरी (धरान) : काठमाडौंपछि पहिलो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाट कोरोना भाइरसका बिरामीको परीक्षण सुरु हुने भएको छ। कोरोनाको आशंकाका बिरामीहरुको थ्रोट स्वाब परीक्षण गर्न काठमाडौं लग्‍नुपर्ने अवस्था अब टर्ने भएको छ।

केही समय अगाडि सरकारले प्रदेश नम्बर १ को लागि बीपीमा, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना भाइरसको परिक्षण गर्ने घोषणा गरेको थियो।

घोषणा अनुसार आजबाट बीपीमा भने कोरोना भाइरसको परीक्षण गर्ने ल्याबको उदघाटन एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्नेछन्।

कोरोना आशंका गरिएका बिरामीको परीक्षणका लागि एम्बुलेन्सबाट काठमाडौं पठाउँदा रिपोर्ट आउन पनि केही दिन कुर्नुपर्थ्यो । अब त्यो अवस्थाको अन्त्य हुने भएको छ।

बीपीका सह-प्रवक्ता डा. अशोक ऐरका अनुसार सीमित व्यक्तिहरुको उपस्थितिमा मुख्यमन्त्री राईले ल्याबको उदघाटन गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.