|

काठमाडौं : कोरोना रोकथाम उच्चस्तरीय समिति र मन्त्रिपरिषद्को बैठक आजै बस्ने भएको छ। 

कोरोना भाइरस फैलिन नदिन जारी गरिएको एक साताको म्याद सोमबारबाट सकिने भएपछि मन्त्रिपरिषद् र कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठक बस्न लागेको हो। 

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाका अनुुसार मन्त्रिपरिषद् अपरान्ह ४ बजे आसपास बस्दैछ। त्यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठक बस्नेछ। 

उच्चस्तरीय समितिको बैठकले गत मंगलबार नेपाललाई एक साता लकडाउनमा लैजाने निर्णय लिएको थियो। आज बस्ने उच्चस्तरीय समितिले कोरोना रोकथामका लागि आवश्यक थप कार्ययोजना ल्याउने भएको छ। 

लकडाउन थपिने

स्रोतका अनुसार अहिले जारी लकडाउनलाई अझै केही दिन लम्ब्याउने निर्णय आउने छ। समितिले लकडाउनलाई अझै लम्ब्याउने निर्णय गरेपछि अपरान्ह बस्ने मन्त्रिपरिषदले त्यसबारेमा थप निर्णय लिने तयारी भएको छ। 

भारतमा कोरोना भाइरस फैलिँदै गएको र नेपालमा पनि संक्रमितको संख्या थपिँदै गएको अवस्थामा लकडाउन अझै लम्ब्याउने रणनीति सरकारले बनाएको हो। 

नेपालमा परीक्षण बढ्दै गएपछि संक्रमितहरु भेटिने क्रम पनि बढेको छ। यस्तोमा सरकारले थप निर्णय लिन लागेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.