|

प्यूठान : प्यूठान नगरपालिकाको एउटा बस्तीमा रहेका सम्पूर्ण घरहरू क्वारेन्टाइन बनेका छन्। बिदेशबाट सँगै आएका धादिङका युवालाई कोरोना संक्रमित भएको खवर प्राप्त भएपछि ती युवालाई क्वारेन्टाइनमा राखिएको छ।

क्वारेन्टाइनमा राखिएका ती युवाले घरमा आएपछि भेटेको पाइएपछि सिंगो बस्तीका १८ घर नै क्वारेन्टाइन बनाइएको छ। सरकारले देशलाई लकडाउन गरे पनि संक्रमित रहेको जहाजमा सँगै आएका प्यूठान नगरपालिका २ का दुईजनालाई सम्पर्क गर्ने र चेकजाँच गर्ने कार्यका लागि आइतबार प्यूठान नगरपालिकाका नगरप्रमुख, स्वास्थ्यकर्मीसहितको टोलीले सामान्य चेकजाँच गरेको छ।

क्न्याक्ट टेसिङअन्तर्गत स्थानीय सरकारका नगरप्रमुख, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले चेकजाँच, छरछिमेकका परिवारलाई परामर्श दिइएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए।

चेकजाँचबाट ती युवामा कोरोेना भाइरसका लक्षण नभेटिए पनि उनीहरू र उनीहरूले भेटघाट गरेको बस्तीका १८ घरपरिवारलाई होम क्वारेन्टाइनमा राखिएको उनको भनाई छ। ती युवा एयर अरेवियाको जी ९५३७ विमानमा दुवइको सारजहाबाट धादिङका कोरोना संक्रमितसँगै चैत्र ६ गते नेपाल आएका थिए।

१६९ यात्रु रहेको सो विमानमा २ जना प्यूठानका युवा रहेका थिए। काठमाडौंसम्म सँगै आएका ती युवा फरकफरक रात्रि वसमा प्यूठान भित्रिएको प्रहरी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.