युएईबाट फिरेका उनलाई उच्च ज्वरो आएको थियो

|

बुटवल : बुटवलको धागो कारखानामा बनाइएको क्‍वारेन्टाइनमा राखिएका एकजना व्यक्तिको मृत्यु भएको छ । सैनामैना वडा नम्बर ४ सिसौ डाँडाका ३७ वर्षीय ती व्यक्तिको आइतवार मृत्यु भएको हो। 

स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले क्‍वारेन्टाइनमा मृत्यु भएको जानकारी आएको बताए। उनले मृत्युको कारणबारे थप रिपोर्ट आउन बाँकी रहेको थाहाखबरलाई जानकारी दिए। 

चैत ६ गते युएईबाट नेपाल आएका उनलाई ज्वरो देखिएकाले १३ गते क्‍वारेन्टाइनमा राखिएको थियो। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो देखिएकाले उनको स्वाब परीक्षणका लागि आइतबार काठमाडौं पठाइएको छ।

अहिले उनको सम्पर्कमा रहेका परिवारका सदस्य र आफन्तहरूको सूचीत बनाउने काम भइरहेको मृतकका छिमेकी दीपक अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.