आजै बस्‍ने मन्त्रिपरिषद्‍ले निर्णय लिने

|

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ।

आइतबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले लकडाउन सात दिन थप्‍न मन्त्रिपरषद्‍मा सिफारिस गरेको हो।

आजै अपरान्ह बस्‍ने मन्त्रिपरिषद् बैठकले लकडाउन थपबारेमा निर्णय लिनेछ। कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको अवस्थामा समितिले यस्तो निर्णय लिएको हो। 

सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभर लकडाउन घोषणा गरेको थियो। लकडाउनका क्रममा अत्यावश्यक बाहेकका सबै सेवा र गाडी तथा हवाई यातायात पनि ठप्पन पार्ने निर्णय गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.