विदेशबाट फर्केकाहरुको निगरानी गर्न आग्रह

|
फाइल फोटो

काठमाडौँः विश्वभर कोरोना भाइरस (कोभिड १९) को त्रासले जनजिविका असहज बन्दै छ। कोेरोनाको संक्रमण फैलँदै गएपछि विश्वका धेरै देशले ‘लकडाउन’ गरेका छन्। नेपालमा पनि लकडाउन गरिएको छ। सरकारकाले लकडाउन गरेकाे आज छैटौँ दिन हो। 

लकडाउन भएपछि अत्यावश्यक सेवाका अस्पताल, खाद्यन्‍नलगायत क्षेत्र पनि बन्द छन्। अरु बेलमा राजनीतिक भेटघाट र कार्यक्रममा व्यस्त रहने नेताहरु पनि यतिबेला फुर्सदिला भएका छन्। तीमध्येका एक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। 

नेता नेपाल पछिल्लो समयमा राजनीतिक भेटघाटमा व्यस्त थिए। प्रधानमन्त्री केपी शार्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीभित्रको आन्तरिक विषयलाई मिलाउने क्रममा उनी सक्रिय भएर लागेका थिए। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको विवाद तल्लो तहसम्म छताछुल्ल भएपछि नेता नेपाल मध्यमार्गी भूमिकामा देखिएका थिए। 

त्यसो त उनीलाई प्रधानमन्त्री ओली निकटले अध्यक्ष दाहाललसँग नजिक भएको आरोप लगाउदै आएको छ। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको विवाद भइरहदा नेपाल नेपाल सक्रिय हुन्थे। पार्टीभित्र शक्तिगत गुट मौलाइरहँदा नेता नेपाल कमजोर देखिएका थिएनन्, छैनन् पनि। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको विवादमा मध्यमार्गी भूमिका खेलेका नेता नेपाल पार्टीभित्र उनीहरुबीच शक्ति सन्तुलनमा समेत निर्णयक भूमिकामा रहन्छन्। 

राजनीतिक भेटघाट र बाहिरी कार्यक्रममा व्यस्त रहने नेता नेपाल लकडाउनपछि विभिन्‍न पुस्तकहरु अध्ययनमा व्यस्त रहेका नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। 

‘उहाँ ‘होम क्‍वारेन्टाइन’मा विभिन्‍न खालको पत्रपत्रिका र पुस्तक पढ्ने गर्नुहुन्छ,’ गौतमले थाहाखबरसँग भने, ‘राजनीतिक भेटघाट बन्द भएपछि उहाँ अहिले टेलिफोट वार्तामा भने सक्रिय हुनुहुन्छ।’

‘कोरोनको कारणले भेटघाट बन्द गर्नुभएको भएपछि उहाँले राजनीतिक र अन्य विषयवस्तुका लागि फोनको प्रयोग बढाउनुभएको छ’, उनले भने, ‘उहाँले लकडाउनमा त्यस्तो विषेश केही काम गर्नुभएको छैन। पारिवारिक काम, टेलिफोन र विभिन्‍न पुस्तक अध्ययनमै समय बिताउनुहुन्छ।’

‘लकडाउनपछि ‘होम क्‍वारेन्टाइन’ बसिरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि शुक्रबार प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुग्‍नुभएको थियो’, उनले भने, ‘प्रधानमन्त्री ओेलीलाई उहाँले स्वास्थ्य अवस्था र कोरोनाको रोकथामको विषयमा सरकारले गर्नुपर्ने थप तयारीको विषयमा छलफल गर्नुभएको थियो।’

‘मुख्यगरी प्रधानमन्त्री ओलीसँगको भेटकोे क्रममा लकडाउनपछि ज्यालादारी गरेर जीविका चलाउनेको विषयमा गम्भीर भएर लाग्‍न सुझाव दिनुभएको थियो’, उनले भने, ‘कोरोनाको प्रकोप बाहिरबाट आउनहरुमा देखिएको हुनाले क्‍वारेन्टाइनमा बाहिरबाट आएका सबैलाई राख्नुपर्नेमा पनि प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थियो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.