|

जाजरकोट : कोरोना भाइरस (कोभिड-१९) बाट जोगिन र जोगाउनका लागि जुनिचाँदे गाउँपालिकाकाले गाउँबासीलाई  साबुन बाँड्न लागिपरेको छ। गाउँपालिकामा आज (आइतबार) बसेको बैठकले  सबै नागरिकको घरमा साबुन पुर्‍याउने निर्णय गरेको हो।

साबुनपानीले हात धुनका लागि सजिलो होस भनि गाउँपालिकाको बैठकबाट यो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए। त्यस्तै तत्काल एम्बुलेन्स खरिद गर्ने निर्णय भएको अधिकृत शाहीले जानकारी दिए। 

गाउँपालिकाभित्र काम गर्ने स्वास्थ्यकर्मीहरु बिनास्रोत र साधन काम गरिरहेकोले सो समस्या समाधान गर्न प्रदेश र संघीय सरकारसँग सम्पर्क बढाउने बताइएको छ। जिल्लाको अतिदुर्गम क्षेत्रमा पर्ने जुनिचाँदे गाउँपालिकामा अहिले दुई ठाउँमा मात्र सहायता कक्ष स्थापना भएकोले सबै ठाउँमा तत्काल स्वास्थ्य सहायता कक्ष स्थापना गर्ने उनले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.