|

बाँके :  बाँकेबाट पछिल्लो पटक पठाइएको थप ६ जनाको थ्रोड स्वाब रिपोर्ट नेगेटिभ आएको छ।

बाँकेबाट १३ चैतमा संकलन गरेर राष्ट्रिय प्रयोगशालामा पठाइएको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ। यसअघि २, ८ र १२ चैतमा सात जनाको थ्रोड स्वाब पठाएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो।

बाँकेबाट २३ जनाको थ्रोड स्वाब पठाएकोमा १३ जनामा कोरोना भाइरस फेला नपरेको रिपोर्ट आएको प्रमुख जनस्वास्थ्य अधिकृत धिरजंग शाहले जानकारी दिए।बाँकेबाट थप १० जनाको थ्रोड स्वाब शनिबार काठमाडौँ पठाइएको छ।

पछिल्लो पटक नेगेटिभ रिपोर्ट आएका मध्ये केही फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया युवती सवार जहाजमा नेपाल आएका थिए। बाँकेका विभिन्न क्वारेन्टाइनमा ५० जना बसिरहेका छन्। स्थानीय तहले विदेशबाट आएकाको खोजी गरि क्वारेन्टाइनमा राख्दै आएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.