अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नुपर्ने शर्त

|

काठमाडौं : सरकारले भारतीय सीमाक्षेत्रमा अड्किएका सबै नेपालीलाई आउन दिने भएको छ।  कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय लिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद बिडारीले परिचयपत्रका आधारमा पहिचान गरेर सीमामा अड्किएकालाई नेपाल प्रवेश गर्न दिने निर्णय लिइएको जानकारी दिए।

'तत्काललाई परिचयपत्रका आधारमा हरेक व्यक्तिको लगत लिएर नेपाल छिर्न दिने निर्णय भएको छ। सरकारले आफ्ना नगरिकलाई दसगजामा राख्न उचित ठानेन', उनले भने, 'तर भारतबाट नेपाल छिरेकालाई सम्बन्धित स्थानीय सरकार र प्रदेश सरकारले अनिवार्य क्‍वारेन्टाइनमा राखेर कडा निगरानीमा राख्‍नुपर्नेछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.